कारोबार


विद्युतीय सार्वजनिक यातायात प्रयोग गर्नेलाई खुसीको खबर: भाडा घटाउने सरकारको तयारी

विद्युतीय सार्वजनिक यातायात प्रयोग गर्नेलाई खुसीको खबर: भाडा घटाउने सरकारको तयारी

काठमाडौंमा साझा यातायातले विद्युतीय बस सञ्चालन गर्छ।


नेपालखबर
माघ २८, २०८२ बुधबार १९:९, काठमाडौँ

यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ।

हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो। डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक अध्ययन भइरहेको छ। “डिजेल बसको भाडादर तय भइसकेको छ, तर इभी बसका हकमा स्पष्ट व्यवस्था छैन। त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उनले भने।

सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने पोखरेलले बताए। निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउनेछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए। पेट्रोलिय पदार्थभन्दा विद्युतीय चार्जबाट सवारी साधन सञ्चालन गर्दा उर्जाको मूल्य ५ गुणासम्म थोरै पर्छ। विद्युत नेपालमै उत्पादन हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad