कारोबार


हिजो तोलामा तोलामा ९ हजार ५ सय बढेको सुनको मूल्यमा आज पनि वृद्धि

हिजो तोलामा तोलामा ९ हजार ५ सय बढेको सुनको मूल्यमा आज पनि वृद्धि

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८२ सोमबार ११:१५, काठमाडौँ

आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज पनि वृद्धि भएको छ। 

सुनको मूल्य आज तोलामा ४१ सय रुपैयाँ बढेर तीनलाख चारहजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार सुनको भाउ तोलाको तीनलाख पाँचसय रुपैयाँ थियो। 

गएको बिहीबार र शुक्रबार सुनको भाउ तोलामा १३ हजार सातसय रुपैयाँ घटेको थियो। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको थियो।

गत साताको मंगलबार र बुधबार दुई दिनमा सुनको मूल्य १८ हजार एकसय रुपैयाँ बढेको थियो। 

माघ तेस्राे साता तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सातसय रुपैयाँ घटेको थियो।  

माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। 

प्रतितोला २४० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार २५० रुपैयाँ पुगेको छ। 

माघ १८ गते तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad