कारोबार


चुनावी प्रभावले बढ्न थालेको सेयरबजार ओरालो यात्रातर्फ, आइतबार पनि १९ अंकले घट्यो

चुनावी प्रभावले बढ्न थालेको सेयरबजार ओरालो यात्रातर्फ, आइतबार पनि १९ अंकले घट्यो

नेपालखबर
माघ १८, २०८२ आइतबार १५:२०, काठमाडौँ

चुनावी प्रभावले बढ्न थालेको बजार गत हप्ताको अन्तिम दिनबाट पुन: घट्न थालेको छ। गत बिहीबार १७.५३ अंकले घटेको नेप्से आइतबार १९.८५ अंकले घट्न पुगेको हो।

योसँगै नेप्से ओर्लिएर २६९४.२० अंकमा आइपुगेको छ भने कारोबार रकम पनि खुम्चिन पुगेको छ। गत हप्ता एकै दिन अधिकतम १६ अर्बसम्मको कारोबार भएकोमा आइतबार ९ अर्ब १० करोडमा खुम्चिएको छ। यो दिन कारोबारमा आएका २२९ वटा सेयरमध्ये २०१ वटाको मूल्य घट्दा ५० वटाको मात्रै बढेको छ। 

नेप्से सूचक अधिकतम २७८८ अंकमा पुग्दा मूल्य बढेको सेयरहरुमा सूचक ओर्लिएसँग करेक्सनहरु देखा परेका छन्।

आइतबार होटल समूहको सूचक सबैभन्दा धेरैले घट्दा बजारको नेतृत्व गर्ने वाणिज्य बैंक तथा विकास बैंकको सूचक पनि नकारात्मक बन्न पुगे। यसले समग्र बजार नकारात्मक बनेको हो। यो दिन व्यापार समूहको ०.५५ प्रतिशतले उपसूचक बढे पनि अन्यको भने नकारात्मक नै रहन पुग्यो । 

कम्पनीगत रुपमा भने यो दिन मिथिला लघुवित्तको मूल्य सर्किट तहमा (९.७० प्रतिशत) बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ८.१९ प्रतिशतले बढ्न पुगेको छ।

बाँकी कम्पनी र म्युचुअल फन्डहरुको मूल्यमा सामान्य वृद्धि देखिएको छ। यता २०१ मध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा गिरावट देखिएको छ। पछिल्लो केही दिनदेखि लगातार मूल्य बढिरहेको यो सेयरमा आज नकारात्मक सर्किट लागेको हो।

योबाहेक रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ९.३४ प्रतिशत र कालिका पावर कम्पनी ७.३५ प्रतिशतको गिरावटसँगै सर्वाधिक गुमाउनेको सूचीमा दोस्रो र तेस्रो स्थानमा छन्। आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत् कम्पनीको भएको छ। यो कम्पनीको ५५ करोड बराबरको कारोबार भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad