कारोबार


भिजिबिलिटी ह्वात्तै घट्दा काठमाडौँबाट हुने हवाई उडान ठप्प

भिजिबिलिटी ह्वात्तै घट्दा काठमाडौँबाट हुने हवाई उडान ठप्प

नेपालखबर
माघ १५, २०८२ बिहिबार ९:४५, काठमाडौँ

बाक्लो कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) ह्वात्तै घट्दा आज (बिहीबार) बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको जानकारी दिए। 

‘अहिले यहाँबाट कुनै पनि हवाईजहाज उड्न सकेका छैनन्’, उनले नेपालखबरसँग भने, ‘हेलिकप्टरसमेत उड्न सकेको छैन।’

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा १६०० मिटर भिजिबिलिटी चाहिन्छ।  

‘अहिले सबै फ्लाइट होल्डमा छन्’, उनले भने, ‘हेलिकप्टरलाई पनि कम्तीमा १००० मिटर भिजिबिलिटी चाहिने भएकाले उड्न सकेको छैन।’ 

उनका अनुसार अहिले काठमाडौँमा कुनै पनि हवाईजहाज उड्न वा अवतरण गर्न सकेका छैनन्। 

तराईलगायत अन्य स्थानमा पनि बाक्लो हुस्सु-कुहिरो लागेकाले अहिले देशका अन्य विमानस्थलमा पनि उडान हुन नसकेको जानकारी उनले दिए। 

‘त्यसो त काठमाडौँबाटै सबै उडान सुरु हुने भएकाले अन्य विमानस्थल खुले पनि खासै अर्थ हुँदैन’ , सूचना अधिकारी भुलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad