कारोबार


काठमाडौँका १७ फर्ममा अनुगमन, एउटालाई ५० हजार जरिवाना

काठमाडौँका १७ फर्ममा अनुगमन, एउटालाई ५० हजार जरिवाना

नेपालखबर
माघ १२, २०८२ सोमबार ८:४, काठमाडौँ

नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। 

विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो।

अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ। 

लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad