चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३८ अर्ब बढीको रासायनिक मल आयात भएको छ।
जब कि गत वर्षभरि जम्मा ३१ अर्ब मात्रैको रासायनिक मल नेपाल भित्रिएको थियो।
गत वर्षको तुलनामा यो वर्ष पुस मसान्तभित्रै ३८ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको रासायनिक मल आयात भइसकेको हो।
सरकारले चालू वर्षको ६ महिनामै गत आवभन्दा १२२ प्रतिशतशले बढी मल आयात गरिसकेको छ। गत वर्ष अपुग भएको भन्दै सरकारले चालू आवमा मल आयातलाई बढाएको देखिएको छ।
कृषि मन्त्रालयले कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङमार्फत मल आयात गर्दै आएको छ।
39
Shares

प्रतिक्रिया