एसवाई प्यानल नेपाल लिमिटेडले गत पुस ३० को वार्षिक साधारणसभाबाट सात जनाको सञ्चालक समिति गठन गरेको छ।
समितिमा अध्यक्षसहित तीन जना विदेशी समेत छन्।
होङ योङदोन अध्यक्ष रहेको समितिमा चोई दोङ इल प्रबन्ध सञ्चालक, ली ह्वाछुन कार्यकारी सञ्चालक, महेश्वर कर्माचार्य कार्यकारी सञ्चालक, सीताराम थपलिया सञ्चालक, राधा पौडेल सञ्चालक र स्वतन्त्र सञ्चालकमा नवराज पन्त छन्।
तीन गते बसेको सञ्चालक समिति बैठकले सञ्चालकहरुको कार्य बाँडफाँट गरेको हो। त्यसैगरी हाल चोइ दोङ इल आफ्नो देश कोरियामा गएकाले उनको कामकारबाही महेश्वर कर्माचार्यलाई दिइएको कम्पनीले जनाएको छ।
एसवाई प्यानल नेपाल उच्चस्तरको ईपीएस र पीयूएफ स्यान्डविच प्यानेल उत्पादक हो। यो दक्षिण कोरियाली उत्पादक एसवाई को लि.को सब्सिडरी कम्पनी हो।
यसले नेपालमा कोरियन स्यान्डविच प्यानलहरु, यूपीभीसी विन्डोज, स्टिल डोर र अन्य उत्पादनहरु गर्छ।
Shares

प्रतिक्रिया