गत मंसिर २९ देखि एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने उद्देश्यले ल्याएको आकर्षक उपभोक्ता क्याम्पेनको दोस्रो चरणका विजेता घोषणा गरिएको छ।
कम्पनीले नेपालभरि लागू भएको यस विशेष योजनामा दोस्रो चरणका ४ जना भाग्यशाली विजेताहरू छनोट गरेको हो।
दोस्रो चरणका विजेताहरूमा काठमाडौं चाबहिल निवासी धिरज बस्नेत उनले एसपाएर इलेक्ट्रोनिक्स कालीमाटीबाट टिभी खरिद गरेका थिए।
त्यसैगरी विराटनगर निवासी प्रमिला तिम्सिनाले एलजी शपिङ विराटनगरबाट रेफ्रिजेरेटर खरिद गरेका थिए। त्यस्तै वालिङ्ग निवासी माधव न्यौपानेले डिके इलेक्ट्रोनिक्स सप्लायर्सबाट वासिङ मेसिन खरिद गरेका थिए। त्यसैगरी प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनलबाट वासिङ मेसिन खरिद गरेका थिए।
योजनाअन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकले वान्खेड़े स्टेडियम मुम्बईमा नेपालको कुनै एक खेल प्रत्यक्ष हेर्न पाउनेछन्। नेपालको पहिलो चरणको सबै खेल मुम्बईमा हुन गइरहेको छ।
एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न र यसमा लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्नेछ।
Shares

प्रतिक्रिया