भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नगदसहित सुन, चाँदी, हिरा, मोतीलगायतका बहुमूल्य वस्तुको चोरी धेरै भएको अनुसन्धानमा देखिएको छ।
राष्ट्रिय योजना आयोगले तयार पारेको जेनी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदनमा कुल २ अर्ब ८१ करोड बराबरको चोरी भएको खुलेको हो।
यसअनुसार सुन, चाँदी, हिरा र मोती मात्रै १ अर्ब १६ करोड बराबरको लुटपाट तथा आगजनी भएको थियो। जसमा १३ करोड ११ लाख बराबरको हिरामोती तथा सुनचाँदी जलेका थिए भने १ अर्ब २ करोड चोरी भएको थियो।
९३ लाख बराबरको भने तोडफोड मात्रै भएको उल्लेख छ। यस्तै अन्य बहुमुल्य धातुहरु पनि आगजनी तथा लुटपाट भएको थियो।
जसमा ८६ करोड १७ लाख मध्ये २६ करोड २० लाखको बहुमूल्य वस्तु चोरी हुँदा ५० करोड १६ लाखबराबरको बस्तु आगजनीमा परेको थियो।
144
Shares

प्रतिक्रिया