गत मंसिर २९ देखि एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेकामा पहिलो चरणको विजेता सार्वजनिक गरिएको छ।
आगामी फेब्रुअरी ७ देखि इंडिया र श्रीलंकामा हुने विश्वकप क्रिकेट लक्षित गरी एलजी नेपालले घोषणा गरेको क्याम्पेनको सुरुवाती विजेता घोषणा गरिएका हुन्। देशभरि लागू भएको यस विशेष योजनामा एलजी नेपालले पहिलो चरणकम ४ विजेताहरु छनोट भएका हुन्।
पहिलो चरणको विजेताहरुमा काठमाडौँ, इमाडोल निवासी उसन प्रधंगना, बुटवलका शिव आचार्य, नैकापका प्रवाश ढुंगाना र पोखराका विनोद सापकोटा छन्।
प्रधंगनाले सीजी डिजिटल इमाडोलबाट वाशिङ मेसिन खरिद गरेका थिए। त्यसैगरी आचार्यले भाटभटेनी बुटवलबाट टिभी, ढुंगानाले कलंकी टिभी हाउसबाट टिभी र सापकोटाले न्यु साउण्ड एंड भिजन पोखराबाट वाशिंग मेसिन खरिद गरेका थिए।
योजनाअन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकवर्गहरुले वान्खेड़े स्टेडियम मुम्बईमा नेपालको कुनै एक खेल प्रत्यक्ष हेर्न पाउन सक्नेछन्। नेपालको पहिलो चरणको सबै खेल मुम्बईमा हुन गइरहेको छ।
तसर्थ एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्नेछ।
Shares

प्रतिक्रिया