विगत केही दिनदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य आज फेरि बढेको छ।
सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज प्रतितोला दुई लाख ६२ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको थियो।
गएको सोमबार सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेको थियो। मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो।
गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँ बढेर चार हजार पाँचसय २५ रुपैयाँ पुगेको छ।
1.4k
Shares

प्रतिक्रिया