कारोबार


पोखरामा शुक्रबारदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुलीको लाइन काटिने

पोखरामा शुक्रबारदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुलीको लाइन काटिने

नेपालखबर
पुस १७, २०८२ बिहिबार १९:५८, काठमाडौँ

पोखरामा भोलिदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ।

कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ।

बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ वितरण केन्द्रले जनाएको छ।

पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad