खराब कर्जा उच्च भएर समस्यामा फस्दै गएको गोर्खाज फाइनान्सले कर्जा असुलीमा नयाँ युक्ति लगाएको छ।
फाइनान्सले निष्क्रिय कर्जाको सूचीमा रहेका ऋणीहरुलाई सावाँ बुझाउनका लागि ब्याज, हर्जनाजस्ता अतिरिक्त रकममा भारी छुट दिने अफर ल्याएको हो।
फाइनान्सले सबै किसिमका कर्जामा ऋणीले तिर्नुपर्ने ऋणको ब्याजमा पनि अधिकतम छुट दिने निर्णय गरेको हो।
यस्तै ऋणीले कर्जा अविलम्ब चुक्ता भुक्तान गर्दा हालसम्म पाकेको ब्याज र त्यसमा लाग्ने हर्जनाको ब्याज र अन्य कुनै पनि प्रकारका ब्याज लाग्ने भएमा सोको छुट दिने घोषणा गरेको हो।
गएको वर्षबाटै फाइनान्स आन्तरिक किचलोसँगै उच्च खराब कर्जाको चपेटामा फस्दै आएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा फाइनान्सको खराब कर्जा दर मात्रै बढेर १७.४५ प्रतिशतमा पुगेको छ।
खराब कर्जा निरन्तर बढ्न थालेपछि निष्क्रिय वर्गमा रहेका कर्जालाई खराबमा वर्गीकरण हुनुपूर्व नै असुली गर्नका लागि लागिपरेको छ। यसअघि बैंकले खराब कर्जामा रहेका धितोबापतको गैरबैंकिङ सम्पत्ति बेच्न निरन्तर प्रयास गरे पनि बेचेर असुली गर्न सकिरहेको छैन।
जसले गर्दा फाइनान्सको ऋण असुली कमजोर हुनुको साथै त्यसको असर समेत वित्तीय वासलातमा पर्दै आएको छ।
Shares

प्रतिक्रिया