कारोबार


मंसिरमा ५ महिनायताकै धेरै निर्जीवन बिमालेख जारी, कम्पनीहरूले गरे करिब २० अर्ब संकलन

मंसिरमा ५ महिनायताकै धेरै निर्जीवन बिमालेख जारी, कम्पनीहरूले गरे करिब २० अर्ब संकलन

नेपालखबर
पुस १३, २०८२ आइतबार १७:२५, काठमाडौँ

निर्जीवन बिमा प्रति बिमितको आकर्षण बढ्न थालेको छ। माग बढेसँगै बिमा कम्पनीहरुले मंसिरमा मात्रै ३ लाख ९ हजार वटा बिमालेख जारी गरेका हुन्। जुन चालू आवकै सबैभन्दा धेरै हो।

साउनयता निर्जीवन बिमा कम्पनीहरुले ३ लाख वटाभन्दा माथि बिमालेख जारी गर्न सकेका थिएनन् । साउनमा २ लाख ४३ हजार वटा बिमालेख बिक्री गरेका बिमा कम्पनीहरुले भदौमा २ लाख ४६ हजार,असोजमा  २ लाख ९० हजार,कात्तिकमा ३ लाख ५१ हजार र मंसिरमा ३ लाख ९ हजार वटा बिमालेख बिक्री गरेको हुन्। 

साउन र भदौमा उस्तै संख्यामा बिमालेख बिक्री गरेका कम्पनीहरुले भदौमा नै भएको जेनजी प्रदर्शनपछि भने तुलनात्मक रुपमा धेरै बिमालेख बिक्री गर्न सफल भएका छन्। सो घटनापछि बिमालेख खरिद माग बढ्न थालेको छ। 

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म आइपुग्दा ४ लघुसहित १८ निर्जीवन बिमा कम्पनीहरुले १३ लाख ४१  हजारवटा बिमालेख जारी गरिसकेका हुन्। यो अवधिसम्म बिमा कम्पनीहरुले बिमा शुल्कबापत मात्रै बिमितबाट १९ अर्ब ९८ करोड रुपैयाँ संकलन गरिसकेका छन्। 

गत वर्षको मंसिरसम्ममा निर्जीवन बिमा कम्पनीहरुले कुल १२ लाख ७० हजार वटा बिमालेख बिक्री गरेर बिमितबाट १७ अर्ब ५१ करोड बरारबरको बिमाशुल्क संकलन गरेका थिए।

गत वर्षको तुलनामाम बिमालेख बिक्री बढ्दा निस्ताएको बिमा कम्पनीको व्यपार पुन चलायमान हुन थालेको हो। 

सबैभन्दा धेरै सम्पत्ति बिमालेख जारी 
चालु आवको पाँच महिनामा १९ लाख बिमालेखमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमालेख बिक्री भएका छन्। 

यो अवधिमा १ लाख ९० हजार वटा सम्पती बिमालेख जारी हुँदा लघु तर्फ १ लाख ८२ हजार, सामुन्द्रिक बिमा तर्फ १ लाख ६५ हजार, कृषि तथा बाली तर्फ ६७ हजार, विधि तर्फ ६४ हजार, मोटर तर्फ ६६ हजार र हवाई तर्फ १०२ वटा बिमालेख बिक्री भएका हुन् । 

इन्जिनियरिङ तथा ठेक्कातर्फ भने ७ हजार वटा बिमालेख जारी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad