कारोबार


प्रभु बैंकका सीईओ शेरचनसहित सबैलाई रिहा गर्न प्रहरीलाई विशेष सरकारी वकिलको निर्देशन

प्रभु बैंकका सीईओ शेरचनसहित सबैलाई रिहा गर्न प्रहरीलाई विशेष सरकारी वकिलको निर्देशन

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १६:२४, काठमाडौँ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई रिहा गर्न विशेष सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ। 

कार्यालयकी प्रवक्ता सरिता पोख्रेलले शेरचनसहित पक्राउ परेका सबैलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको बताइन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओ शेरचनसहित  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ गरेको थियो। 

त्यसअघि पक्राउ परेका प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन रिहा भइसकेका छन्। 

प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धानको क्रममा सीईओ शेरचन सीआईबीको नियन्त्रणमा पुगेका थिए। सो क्रममा नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक भट्टचनबाहेक प्रभु म्यानेजमेण्ट प्रालिको खाता सञ्चालक हेमकुमार महाजुलाई पनि सीआईबीले पक्राउ गरेको थियो। 

आरोपीहरुलाई थुनाबाहिर राखेर अनुसन्धान गर्दा प्रहरीले अनुसन्धानका लागि पर्याप्त समय पाउँछ। 

ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्नेक्रममा उनीहरुको संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको थियो।

शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको दाबी सीआईबीको छ।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad