कारोबार


उच्च अदालतले प्रभु बैंकका सीईओ शेरचनलाई फौजदारी मुद्दामा बाहेक पक्राउ नगर्न भनेको थियो

उच्च अदालतले प्रभु बैंकका सीईओ शेरचनलाई फौजदारी मुद्दामा बाहेक पक्राउ नगर्न भनेको थियो

नेपालखबर
मंसिर १४, २०८२ आइतबार २३:०, काठमाडौँ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित बैंकका तीन कर्मचारी आइतबार पक्राउ परे। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बैंकमै पुगेर शेरचनसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ परेको हो। 

पक्राउ परेका शेरचनले भने आफूलाई पक्राउ गर्ने जानकारी पहिल्यै पाइसकेका थिए। उनले आफूलाई पक्राउ नगर्न माग गर्दै सीआईबीविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंसिर ७ गते सरकार वादी हुने फौजदारी मुद्दामा बाहेक देवानी प्रकृतिका विषयलाई लिएर शेरचनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

यस्तै सीआईबीसँग लिखित जवाफ पनि माग गरेको थियो। सीआईबीले जवाफ बुझाउने म्याद गुज्रिसकेको छैन। 

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भने बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाटै अनुमति लिएर शेरचनसहितलाई पक्राउ गरेको दाबी गरेका छन्। 

ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्नेक्रममा शेरचनसहितको संलग्नता देखिएको सीआईबीको दाबी छ।

शेरचनसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुनविपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पु-याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad