नेपाली बजारमा आज फेरि सुनचाँदीकै मूल्य बढेको छ। हिजो घटेको दुवै धातुको मूल्य आज फेरि बढेर अहिले सम्मकै सबैभन्दा महँगाे बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ बढेर आज दुई लाख ६९ हजार तीनसय पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो।
हिजो तोलामा ६ सय रुपैयाँ घटेर सुनको भाउ दुई लाख ६७ हजार पाँचसय रुपैयाँमा झरेको थियो।
बुधबार सुनको मूल्य तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ६८ हजार एकसय रुपैयाँ पुगे र फेरि घटेको थियो।
सुनको मूल्य मंगलबार ५५ सय रुपैयाँ बढेको थियो भने सोमबार तीन हजार चारसय रुपैयाँ बढेको थियो। गएको सोमबार, मंगलबार र बुधबार ३ दिनमा ९ हजार ८ सय बढेको सुनको मूल्य आज फेरि उच्च भएको हो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय ६५ रुपैयाँ बढेर चारहजार पाँचसय ६५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। हिजो चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर चार हजार चारसय रुपैयाँ कायम भएको थियो।
विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।
Shares

प्रतिक्रिया