कारोबार


सेञ्चुरी कमर्सियल बैंकको मोबाइल बैंकिङ स्तरोन्नति

सेञ्चुरी कमर्सियल बैंकको मोबाइल बैंकिङ स्तरोन्नति

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १५:१६,

सेञ्चुरी कमर्सियल बैंकले ‘एफवान सफ्ट इन्टरनेशनल’सँग बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नतिसम्बन्धी सम्झौता गरेको छ।

सो सम्झौता अनुसार बैंकको ‘सेञ्चुरी पे’ मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सकिनेछ। सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाख भन्दा बढी मर्चेन्टमा क्यूआर कोड भुक्तानी गर्न सकिनेछ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाइल मार्फत आफै मोबाइल बैंकिङ्ग एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad