नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर आज पनि हालसम्मकै महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ६८ हजार एकसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो।
सुनको मूल्य मंगलबार ५५ सय बढेर दुई लाख ६७ हजार दुईसय पुगेको थियो। सोमबार पनि सुनको भाउ तोलामा तीन हजार चारसय रुपैयाँ बढेको थियो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ बढेर चार हजार चारसय २० रुपैयाँ पुगेको छ।
चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।
सुनको मूल्य प्रतितोला तीन लाख रुपियाँसम्म पुुग्ने अनुुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै गएको सुनको मूल्य आगामी दिनमा पनि थप बढ्ने अनुमान व्यवसायीले गरेका छन्।
सुनको मूूल्य बढ्दा बजारमा माग कम भई कारोबार ठप्प भएको व्यवसायीको भनाइ छ।
बजारमा सुनको कारोबार नभएपछि वाणिज्य बैङ्कहरुले सुन आयात गर्न छाडेको नेपाल बैङ्कर्स एसोसिएसनलेजनाएको छ।
दैनिक २५ केजीका दरले विभिन्न वाणिज्य बैङ्कलाई सुन आयात गर्न कोटा निर्धारण गरिएको छ।
बैङ्कमा पर्याप्त मात्रामा सुनको मौज्दात भएकाले सुन आयात नभएको बैङ्कर्स एसोसिएसनले जनाएको छ।
Shares

प्रतिक्रिया