ad ad

कारोबार


बीमा समितिको निर्देशन : लकडाउनपछिको १५ दिनसम्म बीमालेख नवीकरण गर्न दिनू

बीमा समितिको निर्देशन : लकडाउनपछिको १५ दिनसम्म बीमालेख नवीकरण गर्न दिनू

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १०:१५,

बीमा समितिले मातहतका कम्पनीहरुलाई लकडाउन सकिएको १५ दिनसम्म बीमा अवधि सकिएको बीमालेखको नवीकरण गर्न गराउन निर्देशन जारी गरेको छ।

समितिले गत चैत २० को परिपत्र नं. २१ मा जारी गरिएका विषय संशोधन गर्दै बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो।

त्यस्तै, समितिले लकडाउनको समयमा संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि आगामी जेठ मसान्तसम्म थप गर्ने र उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउन पनि निर्देशन जारी गरेको छ।

यस्तै, ०७६ चैत र ०७७ वैशाख महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद असार मसान्तसम्म थप गरी सोबापत जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आइतबार समितिको निर्णयबारे जानकारी दिएका हुन्।

पौडेलका अनुसार निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि सर्भेयर खटाएर क्षति एकीन गरी दाबी भुक्तानीको व्यवस्थालाई निरन्तरता दिन समितिले कम्पनीहरुलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .