ad ad

समाज


क्वारेन्टिन लैजाँदै गर्दा मृत्यु भएका वृद्धको स्वाब परीक्षणका लागि धनगढी पठाइयो

क्वारेन्टिन लैजाँदै गर्दा मृत्यु भएका वृद्धको स्वाब परीक्षणका लागि धनगढी पठाइयो

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १०:१६,

क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब संकलन गरी आइतबार परीक्षणका लागि पठाइएको छ। पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएरनभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। रिपोर्ट एक÷दुई दिनभित्रै आउने उनले बताए। भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो। लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थियो। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।

उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टिनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो। उनी लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ। मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टिनमा राखिएको छ। यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .