कारोबार


सेयरधनीलाई डेढ अर्ब लाभांश बाँड्दै प्राइम बैंक

सेयरधनीलाई डेढ अर्ब लाभांश बाँड्दै प्राइम बैंक

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १४:५, काठमाडौँ

प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई डेढ अर्ब बराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

बैंकको पुस ३ मा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११३ रुपैयाँबराबरको बोनस र नगद लाभांश वितरणको लागि राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको हो। 

सो लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्। बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँ छ। 

यसको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। यसअनुसार सेयरधनीले १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७ रुपैयाँबराबरको बोनस सेयर र ८ करोड १६ लाख ९५ हजार ५६ रुपैयाँ नगद पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad