बुकबिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशनलाई लिएर रिलायन्स स्पिनिङ मिल्सको छानबिन गर्न अर्थ मन्त्रलयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ।
अर्थ मन्त्रालयले मिल्सको सेयर बुकबिल्डिङ प्रक्रियाबाट निष्काशन अनुमतिमाथि प्रश्न उठाउँदै सेबोनलाई पत्राचार गरेको थियो।
उच्च अदालत पाटनले परमादेश जारी गर्दै आईपीओ निष्काशन गर्ने बाटो खोलिदिएपछि बोर्डले निष्काशनको अनुमति दिएको थियो। बोर्डले बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्थासहित सर्वसाधारणलाई आईपीओ निष्काशनमा ल्याएको छ।
कम्पनीले ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमा वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्था १ लाख १५ हजार ५९६ कित्ता सेयर बाँडफाँड गरिसकेर अब सर्वसाधारणलाई निष्कासन गर्ने चरणमा छ।
सर्वसाधारणलाई निष्कासन गर्नुपूर्व नै अर्थ मन्त्रालयले अनुमतिमाथि प्रश्न उठाउँदै छानबिन गर्न सेबोनलाई पत्राचार गरेको बोर्ड स्रोतले जानकारी दिएको हो।
Shares

प्रतिक्रिया