एप्पलले आफ्नो ‘अपरेटिङ सिस्ट’ममा अध्यावधिक गर्दै आइएओस २६.२ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपरेटिङ सिस्टम पाउन आइफोन र एप्पल प्रयोगकर्ताले आइएओस अपडेट गर्नुपर्नेछ।
एप्पलका उत्पादनबारे मात्र जानकारी दिने वेबसाइट ‘म्याकरिम्युर’का अनुसार केही साता अगाडि एप्पलले डेभलपर र पब्लिक बेटा भर्सनमा यो अपडेटको परीक्षण गरेको थियो।
यो भर्सनले आइफोनको लक स्क्रिनको ‘युजर इन्टरफेस’लाई ‘कस्टमाइज’ गर्न मिल्ने सुविधा थप गरेको छ। ‘एप्पल म्युजिक’मा ‘म्युजिक सिङ’ फिचर वा ‘लिरिक्स’सहितको सुविधा थप गरेको छ। आइफोन वा अरु एप्पल उत्पादन प्रयोगकर्ताले गीतका शब्द हेर्दै साथमा गाउन पाउनेछन्। यो बाहेक एप्पलले सेफ्टी अलर्ट फिचरमा सुधार गरेको छ।
यो अपडटेले आफ्नो नेटवर्कमा नभएको व्यक्तिसँग फाइल सेयर गर्न ‘एयरड्रप’ कोड फिचर ल्यएको छ। यो नयाँ फिचरबाट कन्ट्याक्ट लिस्टमा नभएका व्यक्तिलाई ३० दिनका लागि सुरक्षित रुपमा फाइल पठाउन सकिनेछ।
Shares

प्रतिक्रिया