कारोबार


मुस्ताङमा हिउँ चितुवाले एकै किसानका १९ भेडाच्याङ्ग्रा मार्‍यो

मुस्ताङमा हिउँ चितुवाले एकै किसानका १९ भेडाच्याङ्ग्रा मार्‍यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १३:२०, काठमाडौँ

मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणबाट १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्। 

स्थानीयवासी सन्तोष परियारको खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।

किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा  खोरमा ४५ भेडाच्याङ्ग्रा थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मरेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताए। 

यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारीपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनामा गएका छन्।

पछिल्लो समय मुस्ताङमा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। 

हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरु चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्। 

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पु¥याउने गरेको छ। 

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरु पशुपालन व्यवसाय छोड्न थालिसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad