आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
कम्पनीको २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश घोषणा गरेको हो।
कम्पनीका अनुसार सेयरधनीले हाल कायम चुक्ता पुँजी ५ अर्बको १०.५२६३२ दरले नगद दिने प्रस्ताव गरिएको छ।
यसअनुसार कुल ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँको लाभांश वितरण गर्न लागिएको हो।
यसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै वितरण गरिनेछ।
े
21
Shares

प्रतिक्रिया