सेयरबजारमा बुधबार ५.०३ अंकले घटेर २६०९.०३ विन्दुमा पुगेको छ।
बजार घटेको दिन कारोबार रकम पनि ३ अर्ब ७३ करोड पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन ८६ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको हो।
यस दिन ८० वटा सेयरको मूल्य बढ्दा १६९ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
आज पनि स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। यसबाहेक पहिलो कारोबार दिन नै एसवाई प्यानेलको ९.९७ प्रतिशत, लक्ष्मी लघुवित्तको ८.७६ प्रतिशत र थ्रिस्टार हाइड्रोको ७.१४ प्रतिशतले सेयर बढेको छ।
तर झापा इनर्जी, हिमस्टार ऊर्जा कम्पनीलगायतको भने ९.३० प्रतिशतसम्मले सेयर घटेको छ।
आज श्रीनगर एग्रिटेकको सर्वाधिक २६ करोडको कारोबार भएको छ। अन्य कम्पनीको निकै कम रुपैयाँको कारोबार भएको छ।
Shares

प्रतिक्रिया