कारोबार


ऐनअनुसार नै ठेक्का तोडिएको छ : महानिर्देशक बोहोरा

ऐनअनुसार नै ठेक्का तोडिएको छ : महानिर्देशक बोहोरा

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १६:३५, काठमाडौँ

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले खरिद ऐनको स्पष्ट व्यवस्थाअनुसार ठेक्का तोडिएको बताएका छन्।

सार्वजनिक खरिदमा देखिएका समस्या सुधार गर्नुपर्ने उनको भनाइ छ। ठेक्कालाई सही रुपमा व्यवस्थापन गर्न अबको बाटो नै कानुनी सुधार भएको उनले बताए। 

नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्यानल छलफलमा उनले यस्तो बताएका हुन्।

अब  खरिद सम्बन्धी कानुन फेलीक्जीवल बनाउनुपर्ने उनले बताए। यस्तै, ठेक्का रुग्ण हुँदा स्थानीय बासिन्दालाई पर्ने असरबारे पनि छलफल गर्न आवश्यक रहेको बताए।  

‘कमला नदीमा १५ वर्षसम्म पुल नबन्दा स्थानीयले दुःख पाए। ठेक्का तोड्दा निर्माण व्यवसायी मर्कामा त परेका छन्। त्यससँगै परियोजना नबन्दा जनता पनि मर्कामा परेका छन्। यसमा पनि ध्यान दिनुपर्छ। समग्रमा हामी काम सक्काउने गरि अघि बढ्नुपर्छ,’  उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad