कारोबार


कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ

कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १३:७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताए। त्यस्ता ठेक्कामा भने कुनै कारबाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन गरिने बताए। 

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन्। त्यस्तालाई पनि कारवाही गर्नूपर्छ’, उनले भने, ‘अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिदै छन्। त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन्। कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन। त्यसमा छानबिन गरेर सम्बन्धीत कर्मचारीलाई कारवाही गर्नुपर्छ।’ निर्माण व्यवसायीको कारण २५० हारहारी ठेक्का रुग्ण भएको उनले बताए।

यस्तै, उनले निर्माण व्यवसायीविना देश विकास सम्भव नभएको बताए। यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिबृृद्धि गर्न आवश्यक रहेको उनले बताए।

‘निर्माण व्यवसायी बिना ठूला काम सम्भवन छैन। निर्माण व्यवसायी बिना देशको विकास सम्भव छैन। राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस्’, उनले भने, ‘तर, निर्माण व्यवसायीको क्षमता अभिबृद्धि गर्न आवश्यक छ। अन्तरराष्ट्रिय स्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ।’ 

यस्तै, नेपालमा लगानी सम्मेलन भन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्ने बताए। त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने बताए।

यस्तै, उनले कतिपय ठेक्कामा ठेकदार नै खोज्नुपर्ने अवस्था रहेको बताए। ‘कुनै रुग्ण ठेक्का व्यवस्थापन गरौ भन्यो तर ठेकदार भेटिदैनन्। १०–१५ वर्षदेखि ठेक्का रुग्ण अवस्था छ,’ उनले बताए। 

यस्तै, समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएको बताए। ‘निर्णय नै नगर्दा पनि ठेक्का रुग्ण भएका छन्। सही समयमा सही निर्णय गर्न सक्नुपर्छ। तर, परियोजना प्रमुखहरुले समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएका छन्,’ उनले भने, ‘तसर्थ, सही समयमा निर्णय गर्न सक्नुपर्छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्णय नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने भनेको उनले बताए। 

नेपालमा निर्माणको निर्माण योजना पनि कमजोर भएको बताए।

‘भेरी बबई डाईभर्सन सिँचाई आयोजनामा २०७५ सालमै सुरुङ ब्रेक थ्रु भयो। तर, त्यसबेलासम्म पावर हाउस लगायतका संरचना बनाउने ठेक्का भएको थिएन,’ उनले भने, ‘उक्त परियोजना अझै बनेको छैन। कहिले के काम गर्ने भनेर योजना नहुँदा यस्तो अवस्था आयो।’
यस्तै, नेपालमा काम गर्न बिभिन्न अवरोध भएको बताए।

‘चीनको एउटा निर्माण व्यवसायीले ६ महिनामा काम सम्पन्न गर्छ। तर, त्यही निर्माण व्यवसायीले नेपालमा ६ बर्षमा काम गर्न सक्दैन,’ उनले भने, ‘नेपालमा निर्माण व्यवसायी, परामर्शदाता र परियोजना बीच राम्रो सहकार्य नहुँदा पनि समस्या भएको छ।’

यस्तै, उनले ठेक्का तोड्दा बाँकी काम गर्न ठेकदारबाट बाँकी असुली गर्नुपर्ने व्यवस्था हटाउन सरकार सकारात्मक रहेको बताए। 

यस्तै, उनले काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सहयोग गर्ने उनको भनाइ छ। ‘तपाईहरु (निर्माण व्यवसायी) काम गर्नुस्। सरकार तपाईंहरुको साथमा छ’, उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad