साताको पहिलो कारोबार दिन नै सेयरबजारमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा झरेको हो।
यस दिन कुल ५ अर्ब ३३ करोडको सेयर किनबेच भएको छ। १ करोड कित्ता खरिदबिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।
आइतबार ४६ वटा सेयरको मात्रै मूल्य बढ्यो। २०४ वटाको भने घट्नपुगेको छ। त्यस्तै ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
यस दिन स्वस्तिक लघुवित्तको र श्रीनगर एग्रिटेकका लगानीकर्ताले १० प्रतिशत कमाउँदा झापा इनर्जी, मेन्छियाम हाइड्रोका लगानीकर्ताले क्रमशः ९.९९ प्रतिशत र ५.३७ प्रतिशत कमाएका छन्।
यता बुंगल हाइड्रो, माबिलुङ इनर्जी, सागर डिस्टिलरी, मिथिला लघुवित्त र नारायणी विकास बैंकका लगानीकर्ताले ५.२१ प्रतिशतदेखि ८.५१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
आज सागर डिस्टिलरीको सर्वाधिक ४३ करोडको कारोबार भएको छ भने दोस्रो धेरै कारोबार ङादी ग्रुप पावरका लगानीकर्ताले गरेका छन्। कम्पनीको ३२ करोडको किनबेच भएको हो।
Shares

प्रतिक्रिया