कारोबार


निजी क्षेत्रमाथिको आक्रमण गलत : अर्थमन्त्री खनाल

निजी क्षेत्रमाथिको आक्रमण गलत : अर्थमन्त्री खनाल

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:२९, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण ठीक नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो। उनीहरूमाथिको आक्रमण ठिक होइन। निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ।’ 

विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने समेत अर्थमन्त्रीको भनाइ छ।

‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ। त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभावी टिप्पणी गर्न हुँदैन’, अर्थमन्त्री खनालले भने।

साथै जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad