ललितपुर जिल्ला अदालतले एक राष्ट्रिय दैनिकविरुद्ध चौधरी ग्रुपले दायर गरेको मुद्दामा ग्रुपको पक्षमा फैसला गरेको छ।
ग्रुपको व्यवसाय र उत्पादनलाई लिएर आर्थिक राष्ट्रिय दैनिकले तथ्यहीन समाचार लेखेको भन्दै ग्रुप अदालत गएको थियो। सोही मुद्दामा अदालतले तथ्यहीन समाचार सम्प्रेषण गरेकोमा पत्रिकाका सम्पादक, पत्रिका प्रकाशक संस्था चाहना पब्लिकेसन प्रालि र संवाददातालाई जनही २० हजार जरिवाना गर्न आदेश दिएको चौधरी ग्रुपका मधुसुदन पौडेलले इमेलमार्फत जानकारी दिएका छन्।
ग्रुपका प्रमुख तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी रहेका छन्।

प्रतिक्रिया