नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबै भन्दा उच्च बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा थियो।
यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेर फेरि घटेको थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा छ। हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ९३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Shares

प्रतिक्रिया