कारोबार


खाना पकाउने ग्यासको अभाव छैनः उद्योगमन्त्री

खाना पकाउने ग्यासको अभाव छैनः उद्योगमन्त्री

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:११, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नरहेको बताएकी छन्। 

केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि उनले यस विषयमा स्पष्ट पारेकी हुन्।

बजारमा ग्यासको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरिन्।

ग्यास वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अतिआवश्यक मात्रामा मात्र ग्यास खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ।

अनावश्यकरूपमा ग्यासको सञ्चय नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।

साथै मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन निगमलाई निर्देशनसमेत दिएकी छन्।

निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad