कारोबार


निरज लम्साललाई प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

निरज लम्साललाई प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ८:४, काठमाडौँ

प्रभु बैंकले बरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई गैर कानुनी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि प्रभु बैंकको सञ्चालक समितिले लम्साललाई कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको हो। 

सीआईबीले प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धानका लागि शेरचनसहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ। 

नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिको खाता सञ्चालक हेमकुमार महाजुलाई पनि सीआईबीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। 

तर, प्रभु बैंकले यो अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर नपर्ने जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad