कारोबार


अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य बढ्यो

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य बढ्यो

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ५:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, बहराइन दिनारको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। 

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य विगत केही दिनदेखि हरेक दिन बढ्दै आएको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा छ। हिजो युरो १ को खरिदर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६७ रुपैयाँ ३५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad