गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ७४४ वटा प्रारम्भिक बीमा दाबी परेका थिए।
उक्त दाबीको कुल करिब ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिब १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीले दाबी रकम र भुक्तानीको विवरण दिएका हुन्।
पछिल्लोपटक अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब २१ करोड ५० लाखमध्ये करिव ६४ लाख, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिब ४७ करोड ६६ लाखमध्ये करिब १ लाख ५४ हजार भुक्तानी भएको छ।
त्यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १४ लाखमध्ये करिब १ लाख र मोटर बीमा (निजी)तर्फ ४० वटा दाबीको करिब २ करोड ८२ लाखमध्ये करिब ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
Shares

प्रतिक्रिया