कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने प्रस्तावमा निर्णय गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले १५ लाख ७८ हजार नगद र ३ करोडबराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो।
कम्पनीको चुक्ता पुँजी ६० करोड छ।
त्यसैगरी सञ्चालक सदस्य दीपक राज शिवाकोटीले दिएको राजीनामा पनि स्वीकृत गरिएको छ।
प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
48
Shares

प्रतिक्रिया