काठमाडौं-जीवनभरको कमाइ सहकारीमा गुमाएका बचतकर्ता बुद्धनगरस्थित सहकारी विभाग अगाडि सडकमा उत्रिएका छन्। लौरो टेकेर आन्दोलनमा सहभागी ७२ वर्षीय गजरत्न शाक्यदेखि अपाङ्गसम्मको उपस्थितिले जेनजी सरकारको ध्यानाकर्षण गराउन कोसिस गरेका हुन्।
आइतबार सहकारी विभाग अगाडि धर्नामा बसेका पीडितहरूले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता दिन माग गरे।
डिल्लीबजारका शाक्यले हस्तकलाको काममा दुस्ख गरेर छोराछोरीको उच्च शिक्षाका लागि नेसनल सहकारीमा १४ लाख रुपैयाँ जम्मा गरेका थिए। सहकारी सञ्चालक बेपत्ता भएपछि उनी यो उमेरमा पनि दैनिक आन्दोलन, धर्ना र जुलुसमा सहभागी भइरहेका छन्।
'राजनीतिक पार्टीका कार्यकर्ताले सहकारी सञ्चालक बनेर आम सर्वसाधारणको पैसा खाए', शाक्य भन्छन्, 'जुन पार्टीको सरकार आए पनि आफ्नो कार्यकर्ता बचाउने मात्र काम गर्दा आम सर्वसाधारणले दुस्ख पाउनुपरेको हो।'
अइतबारको अन्दोलनमा वृद्ध, अपाङ्ग समेत सहभागी छन्। उनीहरूले सहकारी विभाग कार्यालयको गेटमा धर्ना दिइरहेका हुन्।
हालसम्म सरकारले २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। ती सहकारीबाट ३९ अर्ब ९३ करोडको माग दाबी भएकोमा ३५ अर्ब ४५ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। बचत फिर्ता पाउन बाँकी बचतकर्ताको संख्या ५८ हजार २८८ छ।
नेकपा एमाले र नेपाली कांग्रेसले पालैपालो आफ्ना कार्यकर्तालाई संरक्षण गरेकाले सहकारी समस्या समाधान हुन नसकेको पीडितहरूको आरोप छ। सुशीला कार्की सरकारले कस्तो रेस्पोन्स गर्छ, त्यो भने हेर सहकारी संकट कति गम्भीर छ भन्ने देखाएको छ।
Shares

प्रतिक्रिया