राजनीति


प्रगतिशील लोकतान्त्रिक पार्टीले भन्यो- कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बर्बादीतर्फ धकेले

प्रगतिशील लोकतान्त्रिक पार्टीले भन्यो- कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बर्बादीतर्फ धकेले

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:५२, काठमाडौँ

प्रतिशील लोकतान्त्रिक पार्टीले पुराना तीन ठूला पार्टीले नै देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाएको छ। 

आज आइतबार विभिन्न समूहसँगको एकता घोषणा कार्यक्रममा राजनीतिक प्रतिबद्धता जारी गर्दै यो पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमाथि उक्त आरोप लगाएको हो। 

'आजका कांग्रेस, एमाले र माओवादी आ-आफ्नो समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै हुन्। परन्तु, इतिहासमा योगदान गरेका दलहरूले राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवी बचाउन नसक्दा असफल सिद्ध हुन पुगे,' उक्त पार्टीले भनेको छ, 'फलत: देश चरम भ्रष्टाचार, विकृति र यथास्थितिमा फस्नुका साथै गति परिणामबिहीन हुन पुग्यो।' 

देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल रहेको यो पार्टीको ठहर छ।

'नेपाली कांग्रेस ४५ वर्ष, नेकपा एमाले ३६ वर्ष, नेकपा माओवादी केन्द्र करिब १७ वर्ष सरकार चलाउने वा सत्ताको वरिपरि नै रहे। परन्तु, देश विकासको प्रमुख सत्रुका रुपमा रहेको हजारौँ वर्षदेखिको सामाजिक उत्पीडन मुलत: जातीय, क्षेत्रीय‍, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भए,' आरोप लगाउँदै थप भनिएको छ, 'नेपालको विकासका लागि अनिवार्य बन्न पुगेको नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले।'

यी तीन दलले भ्रष्टाचार, नातावाद-कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिकरण गरेर राज्यका संस्था तथा प्रणालीलाई थप निकम्मा बनाएको आरोप पनि प्रगतीशील लोकतान्त्रिक पार्टीले लगाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad