कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा पनि अतिआवश्यक वस्तु भारतबाट आयात हुने क्रम जारी रहेको छ। सोमबार मात्रै पर्साको विभिन्न नाका हुँदै २ सय ८३ वटा मालबाहक सवारीसाधन नेपाल भित्रिएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार पर्साको मूल भन्सार इनरवा नाकाबाट २१ वटा फलफूल तथा तरकारीबोकेको मालबाहक गाडी, ७० वटा सिमेन्ट बनाउने मेटेरियल बोकेका कन्टेनर नेपाल प्रवेश गरेको छ।
यस्तै, पर्साकै सुक्खा बन्दरगाहबाट १ सय ६६ कन्टेनर लोड भइ नेपाल प्रवेश गरेका छन् भने पर्साकै एकीकृत भन्सार जाँच चौकीबाट १ सय ६१ मालबाहक ट्रक, ५९ वटा ग्यास बुलेट, ४६ वटा टेलर, २० वटा कन्टेनर र ७ वटा तरकारी बोकेका पीकअप गरी जम्मा २ सय ८३ वटा मालबाहक गाडी नेपाल भित्रिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार नेपालबाट ३३ वटा मालबाहक सवारीहरु भारत तर्फ गएका छन्।
प्रतिक्रिया