समाज


कोरोनाबाट एक अर्ब मानिस संक्रमित हुन सक्छन्ः आईआरसी

कोरोनाबाट एक अर्ब मानिस संक्रमित हुन सक्छन्ः आईआरसी

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १५:५९,

गरिब मुलुकहरुलाई तत्काल सहयोग नगरिए विश्वभर एक अर्ब मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने चेतावनी एक अन्तर्राष्ट्रिय सहायता समूहले दिएको छ।

इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी) ले भाइरसको विश्वव्यापी प्रसार रोक्न वित्तीय र मानवीय सहयोग आवश्यक पर्ने बताएको छ।

अफगानिस्तान र सिरियाजस्ता नाजुक अवस्थामा रहेका मुलुकमा महामारी रोक्न तत्काल सहयोग गर्नुपर्ने सो समूहको भनाइ छ।

यस्तो सहयोग नगरिए विश्वभर ५० करोडदेखि एक अर्ब मानिस संक्रमित हुनसक्ने र ३० लाख बढीको मृत्यु हुनसक्ने आईआरसीको रिपोर्टमा जनाइएको छ।

हालसम्म कोरोना भाइरसबाट ३० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। भाइरसबाट २ लाखभन्दा बढीको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .