कारोबार


५५ लाख आर्थिक सहायतासहितको दराज बिक्रेता सहयात्री कार्यक्रम घोषणा

५५ लाख आर्थिक सहायतासहितको दराज बिक्रेता सहयात्री कार्यक्रम घोषणा

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ७:२९,

नेपालमा कोरोनाभाइरसको प्रकोपले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई धेरै ठूलो क्षति पुर्याएको भन्दै इकमर्स दराजले आर्थिक सहायतासहितको दराज बिक्रेता सहयात्री कार्यक्रम घोषणा गरेको छ।

अर्थव्यवस्थालाई पुनःजीवन दिन र महामारीको प्रभावलाई कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवित गर्नु महत्वपूर्ण रहेकाले यस्तो कार्यक्रम ल्याएको कम्पनीले जनाएको छ।

यस प्रयासमा योगदान पुर्याउन, देशको अग्रणी अनलाइन बजार दराजले दराज बिक्रेता सहयात्री कार्यक्रम सुरू गरेको हो। यस कार्यक्रममार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याट्फर्म’मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ। यस कार्यक्रमअन्तर्गत स्थानीय रुपमा कुल ५५ लाख आर्थिक सहायता समावेश रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमअन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागि कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ।

यसका साथै बिक्रेताहरुलाई आफ्नो अनलाइन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटीमार्फत ईकमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निःशुल्क दिइनेछ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ।

दराजले एसएमई क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको र करिब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउने जनाएको छ।

कार्यक्रमका अन्य विशेषताहरुमा ३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी, सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार, कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने, नयाँ बिक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग, सहयात्री कार्यक्रम मार्फत हजारौं एसएमईहरुले ईवाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहकसमक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .