नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभपलेमन्ट लिमिटेडले ४० प्रतिशत बोनससँगै शतप्रतिशत राइट सेयर दिन प्रस्ताव अगाडि सारेको छ।
आगामी हुने १३औँ वार्षिक साधारणसभाका लागि कम्पनीले कुल चुक्तापुँजीको ४० प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको हो।
यस्तै कम्पनीले सोही साधारणसभामा चुक्ता पुँजीको शतप्रतिशत अर्थात् एक कित्ता सेयरबराबर एक कित्ता निष्काशन गर्ने गरी राइट सेयरको प्रस्ताव गर्नेछ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ। कम्पनीले चुक्त पुँजीवृद्धिका लागि यस पटक बोनस र राइट सेयर बढ्न लागेको हो।
यो पटक कम्पनीले लगानीकर्तालाई नगद लाभांश भने वितरण गर्नेछैन। नगद लाभांशमा छुट्याएको २.१०५ प्रतिशत रकम कर प्रयोजनका लागि खर्च गर्नेछ।
36
Shares

प्रतिक्रिया