नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा सञ्चालनमा ल्याएको छ।
आफ्ना व्यावसायिक ग्राहकलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सेवा ल्याएको बैंकले जनाएको छ।
ई२नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो। ई@नबिलमार्फत ग्राहकले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयं नै रकम भुक्तानी गर्न सक्नेछन्। साथै ग्राहकले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन्।
‘ई@नबिल व्यावसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘यस प्रणालीमार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयं नै रकमान्तर गर्न सक्नेछन्। अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनुपर्दैन।”
नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर १ सय १८ शाखाहरु र १ सय ७५ एटीएम काउण्टरहरु रहेका छन्।
Shares

प्रतिक्रिया