कारोबार


शाक्यले सम्हाले एनआईसी एसिया बैंकमा सीईओको कार्यभार

शाक्यले सम्हाले एनआईसी एसिया बैंकमा सीईओको कार्यभार

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:३७, काठमाडौँ

एनआईसी एसिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन्।

यही कात्तिक १७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकले उनलाई सीईओ नियुक्त गरेको थियो।

झण्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तीर्ण गरेका छन्। 

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक लि., तत्कालीन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एसिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए। 

तत्कालीन बैंक अफ एसिया नेपाल लि. र एन आई सी बैंक लि.को मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एसिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

तत्कालीन सिभिल बैंक लि., तत्कालीन जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad