कारोबार


राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल तोकिएका छन्। 

उनी अधिकृत विशिष्ट श्रेणीतर्फका हुन्। 

यही कात्तिक १९ देखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी उनलाई दिइएको राष्ट्र बैंकले जनाएको छ। 

पौडेल २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका थिए। उनको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको राष्ट्र बैंकले जनाएको छ। 

उनी हाल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad