कारोबार


प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो ६८ करोड ३५ लाखको स्रोत सहमति

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १३:५६, काठमाडौँ

अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। 

यसका लागि मन्त्रालयले स्रोत सहमति दिएको हो। 

यसअनुसार नेपाल प्रहरीका लागि १०६ सवारी किन्न ४५ करोड ३० लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त रकमबाट प्रहरीले १०० थान पिकअप र ६ थान कैदी सवारी किन्नेछ। 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाललाई ५० वटा सवारी किन्न अर्थले २३ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। 

उक्त रकमबाट सशस्त्रले २० पिकअप, २० रिअट कन्ट्रोल भेहिकल ( आरसीभी), २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ वटा १२ वाई १२ ट्रक किन्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad