एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन्।
यस नबिल बैंकको डेपुटी सीईओ र कामु सीईओको जिम्मेवारीमा रहेका शाक्यलाई एनआईसी एसिया बैंकको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो।
सोमबार बसेको बैंकको ७३६औँ सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षको कार्यलका लागि सीईओमा नियुक्त गरेको हो।
सञ्चालक समितिले आगामी ३० दिनभित्र कार्यभार सम्हालिसक्ने गरी सीईओमा नियुक्त गरेको जनाएको छ। उनी नबिल बैंकको सिनियर डेपुटी सीईओ हुन्।
एनआईसी एसियाकै पूर्वकर्मचारी समेत रहेका उनी पछिल्लो समय नबिल बैंकमा कार्यरत थिए। नबिल बैंकबाट तत्कालीन सीईओ अनिल कुमार शाह बाहिरिँदा उनलाई नै बैंकको कामु सीईओ बनाइएको थियो।
तर त्यसबेला पनि पछि ज्ञानेन्द्र ढुंगानालाई सीईओ बनाइएपछि उनी डेपुटी सीईओमा रहेका थिए। ज्ञानेन्द्र ढुंगाना पनि बैंकबाट बाहिरिएपछि डेपुटी रहेका मनोज कुमार ज्ञवाली सीईओमा नियुक्त भएका थिए भने शाक्य सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए।
Shares

प्रतिक्रिया