कामना सेवा विकास बैंकले चालू आवको पहिलो त्रैमासिकमा १२ प्रतिशतले नाफा बढाएको छ।
गत आवको पहिलो त्रैमासिकमा १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालू आवको तीन महिनामा १९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवमा बैंकको नाफा सुधारोन्मुख देखिएको हो।
साउन भदौ र असोज महिनामा बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँको निक्षेप र ५३ अर्ब ४५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ६१ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।
बैंकको वित्तीय सूचकहरु पहिलो त्रैमासिकमा सुधारात्मक देखिए पनि खराबकर्जा भने बढेको छ। गत वर्ष ३.९६ प्रतिशतको दरमा रहेको खराबकर्जा चालू आवको सोही अवधिमा बढेर ४.४१ प्रतिशतमा पुगेको छ।
27
Shares

प्रतिक्रिया